राजकुमारको ‘चमेली’मा पुजन र बरुण

काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वर रहेको ‘चमेली’ बोलको गीत सार्वजनिक भएको छ ।

लोकपप शैलीमा तयार भएको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

भिडियोमा पुजन घिमिरे र बरुणकाे अभिनय रहेको छ । गीतको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशक गरेका हुन् ।

भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको गीतको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ । गीत मार्फत गीतकार श्रेष्ठले एउटा गाउँकी केटीको चन्चले पनको बर्णन गरेका छन् ।

Published : Sunday, 2020 January 12, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया