गायिका खनालले ल्याइन् ‘ढाकाको टोपी नयाँ’
काठमाडौं । गायिका सरिता खनालले गायक साधुराम रोकासँग मिलेर ‘ढाकाको टोपी नयाँ’ बोलको दोहोरी गीत रिलिज गरेकी छिन् ।
लामो समयदेखि गायन क्षेत्रमा रहेकी गायिका खनालले आफ्नो पछिल्लो दोहोरी गीत ‘ढाकाको टोपी नयाँ’ बजारमा ल्याएकी हुन् । गायिका खनाललाई स्वरमा गायक रोकाले साथ दिएका छन् ।
शिव हमालको शब्द र लय रहेको ‘ढाकाको टोपी नयाँ’को म्युजिक भिडियोलाई पनि युट्युबबाट रिलिज गरिएको छ ।
म्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका छन् । छायाँकन दुर्गा पौडेल र सम्पादन प्रवीण भट्टले गरेका हुन् । म्युजिक भिडियोमा पार्वती राई र बब्बु थापाका साथै गायिका खनाल तथा गायक रोका पनि रहेका छन् ।
अहिले पनि सांगीतिक क्षेत्रमा रहेकी गायिका खनालले लोक तथा दोहोरी गीतमा आफूलाई समर्पित गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया