बारा प्रहरीद्वारा अठ्त्तीस बोरा अबैध छोहडा बरामद

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ८ वर्षदेखि फरार रहेका रामप्रसाद साह कानुलाई पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतले विश्रामपुर गाउँपालिका वडा नम्बर ५ का कानुलाई गाली बेइज्जती मुद्धामा एक महिना कैद र एक हजार जरिवाना गरेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

यसैवीच बारा प्रहरीले बिशेष सुराकीको आधारमा ३८ बोरा छोहडा बरामद गरेको छ । सोमबार राति प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नं.२ श्रीनगर बैरियास्थित खानेपानी ट्याङकीको प्राङ्गणमा भारततर्फ निकासीको लागि लुकाएर राखिएको अवैध छोहडा बरामद गरेको हो ।

३ लाख ८० हजार बराबरको ३८ बोरा (१९ क्विन्टल) छोहडा बेवारिसे अवस्थामा फेलापारी कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिएका छन् ।

Published : Tuesday, 2020 January 7, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया