बारामा चार जना पक्राउ, अबैध मदिरा नष्ट

पथलैया । जिल्ला प्रहरी कार्यालय बाराले फरार रहेका ४ जना प्रतिवादीहरूलाई आइतबार पक्राउ गरी अदालतमा पेश गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा बारा जिल्ला अदालतको फैसला आदेशले बिभिन्न मुद्दामा जरिवाना ठहर भई फरार रहेका ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरेर बारा जिल्ला अदालतमा प्रस्तुत गरिएको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

पक्राउ पर्नेमा दीनबन्धु महतो, श्यामबाबु राउत भेडिहर, अनिता देवी र गुडी देवी रहेका छन् ।

यसैवीच, बारा प्रहरीले दुई सय लिटर अबैध घरेलु मदिरा पनि नष्ट गरिदिएको छ ।

आइतबार करीव २ सय लिटर घरेलु मदिरा र २ सय बोतल सौफी नामक मदिरा भारततर्फ निकासी गर्ने क्रममा बरामद गरी नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा भट्टी १, मदिराको कच्चा पदार्थ २ हजार लिटर नष्ट गरिदिएको एसपी खनालले बताएका छन् ।

Published : Sunday, 2020 January 5, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया