बारामा ‘भन्टु’सहित दुई जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ‘भन्टु’ भन्ने चुल्हाईप्रसाद यादवलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले कैद तथा जरिवाना ठहर भई फरार रहेका भन्टुलाई पुस १७ गते पक्राउ गरिएको बारा प्रहरीका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

प्रहरीको टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी भन्टुलाई पक्राउ गरी बारा जिल्ला अदालतमा प्रस्तुत गरिएको छ । भन्टुलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको छ ।

बारा प्रहरीले राजकुमार यादवलाई पनि पक्राउ गरेको छ । राजकुमारले जरिवाना तिरेर रिहाइ भएका छन् ।

Published : Friday, 2020 January 3, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया