ठमेलका ‘छोटा डन’ ‘राते’ र‘ साईन्टिस्ट’ पक्राउ

‘राते’ र ‘साईन्टिस्ट’

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले गुण्डा नाइके ‘राते’ भन्ने सुजन श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौंको ठमेलस्थित ‘एलओडी’ क्लवको अगाडि ‘राते’ भन्ने सुजन श्रेष्ठ र ‘रेम्बो’ भनने अजय गुरुङले विष्ण कठायतलाई ०७५ सालको चैत १८ गते बिहान साढे चार बजे रड प्रहार गरेका थिए । कठायतलाई खुकुरी प्रहारगरी गुण्डा नाइके ‘राते’ फरार भएका थिए ।

‘राते’लाई महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले नयाँबजारबाट बिहीबार राति साढे ९ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विष्णु कठायतलाई ‘राते’ र ‘रेम्बो’को समूहले पछाडिबाट रडले टाउकोमा प्रहार गरी फरार भएको थियो ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ घर भई ‘राते’ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँबजार बस्दै आएका थिए । २७ वर्षीय ‘राते’ विभिन्न अपराधिक घटनामा संलग्न रहँदै आएका थिए ।

यसैवीच, महानगरीय अपराध महाशाखा काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर २० चिकामहलबाट लागूऔषध चरेशसहित ‘साईन्टिस्ट’ भन्ने गणेश श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट १ वर्ष ५ महिना सजाय तोकिएपछि फरार रहेका ३८ को ‘साईन्टिस्ट’लाई प्रहरीले पुस १८ गते न्युरोड एरियाबाट पक्राउ गरेको जनाएको छ ।

Published : Friday, 2020 January 3, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया