बारामा गाँजासहित ५ जना पक्राउ, मदिराकाे ४ वटा भट्टी नष्ट

बारा । बारा प्रहरीले बिशेष सुराकीका अधारमा गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति सवा १२ बजे गाँजासहित पाँच जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट जिल्ला बारा निजगढ नागरपालिका ९ शहीद चौकस्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा पाँच जनालाई पक्राउ गरेको हो ।

अवैध लागुऔषध गाँजा १२ किलो ७६० ग्रामसहित पाँच जनालाई पक्राउ गरी बारा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पहिलो पटक दिन १० को म्याद अनुमति लिई हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा महोतरी जिल्ला सीतापुर भङहा नगरपालिका १४ गोदार बस्ने दिनेश यादवकी श्रमती वर्ष ३० को ममता कार्की, धनुषा मुखियापट्टी गाउँपालिका २ बहेराबेला बस्ने दुखन महतोका छोरा वर्ष ४८ को बिल्टु महतो, पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका बस्ने हीरालाल बिककी श्रीमती वर्ष ३७ कि विमला बिक, हैदर माझीकी श्रीमती वर्ष ५० की पल्टी माझी र तुलसी महतोकी श्रीमती वर्ष ६० कि रमिया चौधरी रहेका छन् ।

यसैवीच, फैसला कार्यान्वयनको सिलसिलामा बारा जिल्ला अदालतको फैसला आदेशले विभिन्न मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगदीश माझी, करिमन भन्ने राजदेव हजरा, तपेश्वर राम रहेका छन् ।

बारा प्रहरीले कोल्हवी नगरपालिका वडा नं. २ हनुमानगंजस्थित बाँसको झयाङ र गोठघर समेतमा अवैध रुपमा संचालन रहेको घरेलु मदिरा भट्टी ४ वटा, कच्चा पदार्थ ३,२०० लिटर, तयारी मदिरा १०० लिटर नष्ट गरेको छ ।

Published : Thursday, 2020 January 2, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया