भित्रीवस्त्र दीपिकाले बाहिरै लगाइन्
मुम्बई । बलिउड नायिका दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् ।
दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा व्यस्त छन् र उनको पछिल्लो तस्बिर देखेर मानिसहरूले उनलाई श्रीमान रणवीर सिंहको असर पर्न थालेको बताइरहेका छन् । दीपिकाले अचम्मको जिन्स र हाइ हिल्स लगाएकी छिन् । उनको हिल्समा रिबन राखिएको छ ।
उनको शर्ट पनि भिन्न शैलीको छ । उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् । उनको यो पहिरनको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दीपिकालाई उनको लुकका कारण निकै ट्रोल गरिँदैछ ।
एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया