कम्युनिस्ट सरकारले दियो झट्का लाग्ने गरी मूल्य वृद्धि
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल भ्रमण वर्ष २०२० शुरु भएकै दिन कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
भारतबाट मूल्य बढेर सूची आएको भन्दै स्वचालित प्रणालीअनुसार कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपियाँले बढाइएको छ । हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपियाँ कायम गरिएको छ । बढेको मूल्य बुधबार मध्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
अब काठमाडौं, सुर्खेत र दिपायलमा १११, पोखरा र दाङमा ११० रुपियाँ ५० पैसा, चारआली, विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपियाँ ५० पैसा पर्नेछ ।
डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य भने काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १०० रुपियाँ पर्नेछ ।
झापाको चारआली, विराटनगर, धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा ९८ रुपियाँ ५० पैसा र पोखरा र दाङमा ९९ रुपियाँ ५० पैसाप्रति लिटर पर्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया