नेपाल बैंकका पूर्व हाकिम पक्राउ

काठमाडौं । प्रहरीले नेपाल बैंक डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइरालालाई पक्राउ गरेको छ । नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले कोइरालालाई पक्राउ गरिएको जनाइएको छ ।

सोलुखुम्बु सल्यान गाउँपालिका–१ का कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

हाल भक्तपुर सूर्यविनायक–४ बस्दै आएका कोइरालालाई बैंकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेको छ । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कोइरालामाथि छानबिन थालिएको ब्युरोले जनाएको छ ।

Published : Tuesday, 2019 December 31, 7:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया