बारामा फरार चार जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्धामा सजाय पाएका चार जनालाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले अदालतको अपहेलना, कुटपिट लुटपिट र किर्ते जालसाजी मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका चार जनालाई पक्राउ गरिएको बारा प्रहरीका प्रमुख एसपी विकासराज खनालले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढ, प्रसौनी र प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका चार जनालाई बारा जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतको आदेशले कैद सजाय पाएका प्रतिवादी ठूलो पूर्णबहादुर चौलागाइँ र उनकी श्रमती निर्मला चौलागाइँलाई कैद भुक्तानको लागि कारागार कार्यालय बीरगञ्ज पठाइएको छ ।

अन्य प्रतिवादीले आफूलाई लागेको जरिवाना रकम दाखिला गरी छुटेका छन् । जरिवाना तिरेर छुट्नेमा सन्तोषकुमार कलवार र महम्द इनुस रहेका छन् ।

Published : Sunday, 2019 December 29, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया