दुलालको स्वरमा ‘मदिरा’

काठमाडौं । ठाकुरप्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दह्रिलो परिचय बोकेको नाम हो । संगीतमा एमएसम्मको अध्ययन गरेका दुलालले स्कूले जीवनदेखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा लगाउने अठोट गरिसकेका थिए ।

एसएलसी सकिएपछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिएर संगीत पढ्ने क्रममा भारतको कोलकातास्थित रविन्द्र भारती विश्व विद्यालयबाट सन् २००७ मा संगीत विषयको एमएको अध्ययन पूर्ण गरे ।

प्रारम्भीक अवस्थामा आफ्ना संगीतका माध्यमबाट स्रोता दर्शकमा चिनिन थाले । गीतकारहरूसँगको निकटता भएका कारणले थुप्रै गीतहरूमा संगीत भर्ने अवसर पाए । आफूले सिकेका कुराहरू पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरे ।

फल स्वरुप ‘म आए या गएँ’, ‘ती लोभी नजरले’, ‘लहरा बनेर सधैँ’ जस्ता राम्रा गीतहरू ल्याउन सफल भए । ती गीतहरू युट्युबमा बजिरहेका छन् ।

राष्ट्रिय सर्जक ब्याकुल माईलाको एकल शब्दमा दुलालको एकल संगीतमा निर्माण रहेको ‘छालभित्रका प्रतिबिम्ब’ गीत एल्बमले त्यति बेला निकै राम्रो चर्चा पाएको थियो ।

हालसालै उनले ‘उधारोमा उसले दिलायो मदिरा’ बोलको गीत आफ्नै स्वरमा बजारमा ल्याएका छन् ।

केशव अधिकारीको संगीत रहेको उक्त गीतमा आमोसले संगीत संयोजन गरेका छन् । गीतलाई संगीतकार अधिकारीले नै शब्द लेखेका हुन् ।

बरुणजंग लिम्बु र पुजन घिमिरे अभिनित यस गीतको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् ।

मदिरा पिउने सम्बन्धमा रहेको यस गीतले नेपाली सांगीतिक बजारमा राम्रै चर्चा पाउने आस गरिएको गायक बताउँछन् ।

म्युजिक भिडियोमा रोबर्ट सिंह बडैला, सीता, विनोद, बरुण र पुजनको अभियनरहेको छ ।

गायक दुलालको केही समयअघि बजारमा आएको सान्नानी बोलको गीतले पनि राम्रै चर्चा बटुल्न सफल भएको थियो ।

Published : Sunday, 2019 December 29, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया