बारा प्रहरीलाई अर्को सफलता, एकै दिन ११ जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अभियोगमा सजाय पाएर फरार रहेका ११ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका वडा नम्बर ३ बस्ने भदै चौधरीको छोरा तुलसी चौधरी, नाथु चौधरी, सुरेन्द्र चौधरी, नथुनी चौधरीको छोरा तुलसी चौधरीलाई पक्राउ गरिएको बारा प्रहरीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सुवर्ण गाउँपालिका २ बस्ने कवल राउतको छोरा रामजीवन यादवलाई पनि पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिएका छन् ।

त्यसैगरी सैनोदिन मिया, रंजित साह तुरहा, महिन्द्र साह, शंकरप्रसाद यादव, हनुमान राउत, लक्ष्मण राउत रहेका छन् ।

Published : Friday, 2019 December 27, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया