शिल्पा–शिशिरको जोडी ‘आधा रातमा…’

काठमाडौं । गायक पुष्प तामाङ र गायिका पवित्रा गुरुङको स्वरमा ‘आधा रातमा…’ बोलको गीत रिलिज भएको छ ।

गीतको शब्द गायक तामाङले लेखेका हुन् । कृष्णकुमार राईको संगीत रहेको ‘आधा रातमा…’ बोलको गीतका एरेञ्जर राजु कार्की हुन् ।

म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । गीतमा शिल्पा पोखरेल र शिशिर श्रेष्ठको अभियन रहेको छ ।

जनता डिजिटलको पोष्ट प्रोडक्सन रहेको गीतलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । म्युजिक भिडियोका छायाँकन दीपक गिरीले गरेका हुन् ।

Published : Friday, 2019 December 27, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया