बर्बाद भयो लक्का जवान धुन्दुकारी छोरीको जवानी

काठमाडौं । प्रेमीसँग मिलेर आमाको ज्यान लिने छोरीले अब जन्मकैदको सजाय भोग्नुपर्ने भएको छ ।

भक्तपुरमा असार १५ गते दिउँसो प्रेमीसँग मिलेर ईश्वरी भट्टराईसहित चार जनाले ६० वर्षीया सावित्री भट्टराईको ज्यान लिएको अभियोगमा भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजायको फैलासा गरेको हो ।

भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियोग दाबीअनुसार चारै जनालाई हदैसम्मको सजाय सुनाएको श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको असारमा घाँटी रेटेर हत्या भएको थियो ।

हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको सम्बन्ध थियो । हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन् । छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको थियो ।

प्रहरीका अनुसार नौसादले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । दुबै मोहम्मद रहिश र भोला कुमार थिए ।

ईश्वरी र नौसाद भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थे । सोही क्रममा नौसादसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नौसादले हत्या योजना बनाएको र भट्टराईले सहयोगी भूमिका खेलेको अनुसन्धानमा उल्लेख थियो ।

वैशाख अन्तिममा घर निर्माण सकियो । सोनम थापा मगरले सासु, श्रीमती र चार वर्षीय छोरालाई जेठ २ गते चाँगुनारायण नगरपालिका ७ बाँसबारी सारेका थिए । त्यसपछि हत्याको योजना बनेको थियो ।

Published : Thursday, 2019 December 26, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया