गायक रामकृष्ण ढकाललाई पत्नीले छाडिन

काठमाडौं । गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

उनीहरूका बीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो ।

ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ । जिल्ला अदालत काठमाडौंले सम्बन्ध बिच्छेदको पुष्टि गरेको छ ।

रामकृष्ण र निलमबीच १७ वर्षअघि प्रेमविवाह भएको थियो । यो विवाहले निकै चर्चा पाएको थियो । दुवैबाट एक छोरी छिन् ।

ढकाल नेपाली आधुनिक गीतका लोकप्रीय गायक हुन् । सानैबाट संघर्षमा हुर्केका उनको जीवत वियोगले भरिएको छ ।

उनीहरूबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।

Published : Wednesday, 2019 December 25, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया