मिसेस् युनिभर्समा अनिलाले भाग लिने

काठमाडौं । चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता आयोजना हुने विवाहिता महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छिन् ।

ईप्लानेट प्रा.लिले उनलाई ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधि सहित त्यहा पठाउन लागेको हो ।

डिसेम्बर २२ देखि जनवरी १ तारिखसम्म चीनको ग्वान्जोमा आयोजना हुने संचालन हुने ‘मिसेस् युनिभर्स २०१९’ प्रतियोगिताको ४२औं संस्करण हो । ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा आयोजना हुँदैछ ।

विश्वका ८० बढी मुलुकका विवाहिता महिला सुन्दरीहरुले त्यसमा सहभागीता जनाउँदै छन् ।

अनिला श्रेष्ठ २००५ देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेशनल डाइरेक्टर समेत हुन् ।

एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।

Published : Monday, 2019 December 23, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया