बारा प्रहरीद्वारा फरार छ जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट विभिन्न मुद्धामा साजय पाएर फरार भएका छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबै छ जनालाई जिल्ला अदालत बारामा पेश गरिएको बारा प्रहरीका प्रहरीका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

प्रहरीले काठ चोरीमा सजाय पाएका जनक चौधरीलाई पक्राउ गरेको छ ।

चौधरी ०५० साल चैत १६ गतेको फैसला आदेशले काठ चोरी मुद्दामा २ वर्ष कैद र ३ हजार ४ सय ८९ रुपियाँ जरिवाना ठहर भई फरार रहेका थिए ।

कोल्हवी नगरपालिका वडा नं. १ बस्ने चौधरीलाई ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको खनालले जानकारी दिए ।

चौधरीलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो । अदालतको आदेशले चौधरीलाई कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको छ ।

बारा जिल्ला अदालतको ०७६ असार ६ गतेको फैसला आदेशले लेनदेनको विगो मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. २ बस्ने शिवमंगल राउतको छोरा प्रमोद कुमारलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ ।

कुटपिट र लुटपिट मुद्दामा जनही २ सय जरिवाना लागि फरार रहेका प्रतिवादी जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. १० बस्ने रमेश ठाकुर लोहार, प्रेमनरायण ठाकुर लोहार, नाथुर ठाकुर लोहार र कृष्ण ठाकुर लोहारलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पनि बारा जिल्ला अदालतमा पेश गरिएको छ ।

Published : Thursday, 2019 December 19, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया