कम्युनिस्ट सरकारले दियो मूल्य वृद्धिको उपहार
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
मंगलबार मध्यरातिदेखि लागू हुने गरेर नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
इण्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपियाँ बढाएको जनाएको छ ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखिएको निगमले जनाएको छ ।
यो मूल्य समायोजन गरे पश्चात नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु.२०.४१ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु. १७.१६ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।
समायोजन पश्चात डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. ९८ प्रति लिटर, पोखरा, दाङ्गमा रु. ९७.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९६.५० प्रति लिटर कायम गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया