महिला प्रहरीका प्रेमी पेस्तोल बोकेर गायब, प्रेमिका पुगिन् हिसातमा

काठमाडौं । उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डको रुपमा खटिएकी महिला प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल हराएको छ ।

स्रोतका अनुसार लगेर केवटका प्रेमी सिबेन्द्र यादवले पेस्तोल लिएर फरार भएका छन् ।

प्रहरी जवान केवटका प्रेमी यादवले ७ राउण्ड गोली लोड भएको पेस्तोल लिएर फरार भएका हुन् ।

प्रहरीले प्रहरी जवान केवटलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार केवट जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन् ।

महिला प्रहरी जवान केवटका प्रेमी यादवपनि मंसिर १९ गते कोठामा सँगै बस्दै आएका थिए । केवट र यादववीच विवाद हुँदा यादवले गोली लोड भएको पेस्तोल लिएर फरार भएका थिए ।

२४ वर्षीय यादव नवलपरासी जिल्लाको देउडवा–६ निवासी हुन् ।

Published : Tuesday, 2019 December 17, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया