कांग्रेसले कब्जा गर्‍यो चलचित्र निर्देशक समाज, राणाले बाजी मारिन्

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको नयाँ अध्यक्षमा रक्षासिंह राणा निर्वाचित भएकी छिन् ।

शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा राणाले ४५ भोट ल्याएर अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित राणा नेपाली कांग्रेस निकटकी हुन् ।

राणाकी प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरेकी थिइन् । अध्यक्ष पदका अन्य उम्मेदवार लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ भोट प्राप्त गरेका थिए ।

निर्देशक समाजमा २१७ जना मतदाता छन् । निर्वाचनमा जम्मा १३४ भोट मात्र खसेको थियो ।

अध्यक्षमा निर्वाचित राणालाई निर्देशक रोज राणा, नवल खड्का, दिनेश डिसीको साथ थियो । अध्यक्षमा पराजित श्रेष्ठलाई राजकुमार राई, केपी पाठकलगायतले साथ दिएका थिए ।

समाजको उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र उप्रेती चयन भएका छन् ।

महासचिवमा जनकदीप पराजुली, सचिवमा अरुणकुमार प्रधान, कोषाध्यक्ष समुन्द्र भट्ट (निर्बिरोध) र सहकोषाध्यक्षमा हरि सिलवाल (निर्बिरोध) चयन भएका छन् ।

सदस्यहरूमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नवीन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने चयन भएका छन् ।

समाजको केही सदस्य पदहरूमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका निर्देशकहरू निर्वाचित भएका छन् ।

Published : Sunday, 2019 December 15, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया