बुढो मोडल परेपछि सृष्टि खड्का शुटिङ छाडेर भागिन्

काठमाडौं । मोडल सृष्टि खड्काले एउटा दोहोरी गीतको शुटिङका लागि पैसा लिएर पछि बीचमै धाका दिएको रहस्य बाहिर आएको छ ।

माडल खड्काले तीस हजार रुपियाँमा म्युजिक भिडियोमा अभिनय गर्न भनेर लिएर धोका दिएकी हुन् । गायक असिमकुमार कटवालले मोडल खड्काले धोका दिएको आरोप लगाएका छन् ।

एउटा युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा गायक कटवालले छायाँनस्थलमा आएर मोडल खड्काले मेकअप गरेर छायाँकन गर्ने अन्तिम समयमा शुटिङ छाडेर भागेको आरोप लगाएका छन् ।

‘सृष्टि खड्कालाई हामीले तीस हजार दिने भनेर म्युजिक भिडियोमा सहमति गरेका थियौँ । उहाँ छायाँकनस्थलमा आउनु पनि भयो । मेकपअ गरेर छायाँकन गर्ने बेला खेल्दैन भनेर हिँड्नुभयो’, गायक कटवालले भनेका छन्, ‘मैले तीस हजारले पुग्दैन भने ४० हजार दिन्छु भनेको थिएँ । उहाँले पचास हजार डिमाण्ड गर्नुभयो ।’

‘लालुमै बोल’को गीतमा मोडलिङ गरेकी खड्काले बुढो मोडल भएका कारण नखेलेको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

मोडल खड्काले गीत सुनेर मन परेपछि तीस हजारमा सहमति भएको गायक कटवालले बताएका छन् ।

गीतको छायाँकन मंसिर ५ गते छायाँकन राखिएको थियो । सिरिकाली चौरमा छायाँकन राखिएको थियो । मोडल खड्का छायाँकनस्थलमा आधा घण्टा अगाडि नै पुगेकी थिइन् ।

गायक कटवालका अनुसार मोडल खड्काले नयाँ मोडलसँग नखेल्ने भनेर जानकारी गराएकी थिइन् ।

म्यजिक भिडियोका निर्देशक नायायण मगरसँग मोडल खड्काबीच विवाद भएको थियो । मोडल खड्काले छायाँकनस्थल छाडेर गएपछि अर्की मोडल करिश्मा ढकाललाई ल्याएर छायाँकन गरिएको थियो ।

उनै बुढो मोडलसँग ढकालले म्युजिक भिडियोमा अभियन गरेकी छिन् । म्युजिक भिडियोमा उनै बुढो मोडलले लगानी गरेको स्रोतले जनाएको छ ।

मोडल खड्काले गायक कटवालको आरोपका विषयमा केही भनेकी छैनन् ।

Published : Wednesday, 2019 December 11, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया