निर्देशक पाण्डेले सुनितालाई बेहुली बनाए

काठमाडौं । युवा निर्देशक देवेन्द्र पाण्डे शुक्रबारदेखि वैवाहिक जीवनमा बाँधिएका छन् ।

‘भिलेन’सहितका फिल्महरू निर्देशन गरेका पाण्डेले शुक्रबार सुनिता कार्कीसँग विवाह गरेका हुन् । उनले सुनितालाई बेहुली बनाएर घरभित्र्याएपछि घरपरिवारले खुसी साटेको छ ।

काठमाडौंमा भएको विवाहमा पाण्डेले आफ्ना परिवारका साथै निकटका साथीहरूलाई मात्रै विवाह कार्यक्रममा बोलाएका थिए ।

निर्देशक पाण्डे र कार्कीबीच विगत लामो समयदेखि प्रेम थियो । झण्डै १२ वर्षको प्रेमलाई पाण्डे–कार्कीको जोडीले शुक्रबारदेखि औपचारिक रुपमा गाँसिएका छन् ।

धादिङ जिल्लाबाट काठमाडौं अध्ययनका लागि आएका पाण्डेले दुई दर्जन बढी फिल्ममा सहायक निर्देशकको काम गरेपछि निर्देशनमा हात हालेका थिए ।

पाण्डेले टेलिफिल्म, डकुमेन्ट्री, म्युजिक भिडियोमा समेत निर्देशन गरेका छन् । आफूलाई सधैँ लोप्रोफाइलमा राखेर कामलाई ध्यान दिने गरेका पाण्डेले राम्रो निर्देशन गरेकै कारण नेपाली सेनाले उत्कृष्ट निर्देशकको पुरस्कार पनि दिएको छ ।

Published : Friday, 2019 December 6, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया