अछाममा झडप, कांग्रेस–कम्युनिस्ट र प्रहरी घाइते

साफेबगर । अछाम जिल्लामा नेपाली कांग्रेस, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रहरीबीच झडप भएको छ ।

शनिबार राति अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा झडप भएको हो ।

नेपाली कांग्रेस अछाम जिल्लाका सभापति भरतबहादुर स्वाँरका अनुसार झडपमा नेपाली कांग्रेसका नेता डम्बर स्वाँर र नेकपा निकटको अखिलका केन्द्रीय सदस्य गम्भीर साउद घाइते भएका छन् । उनीहरू दुबैको स्वास्थ्य अवस्था गम्भीर छ ।

उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

वडा नम्बर ५ को मत पेटिका संकेलन गर्ने क्रममा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो । त्यसपछि नेपाली कांग्रेस र नेकपाका नेता तथा कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । कांग्रेस र नेकपाका कार्यकर्ताको ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् ।

वडा नम्बर ५ मा नेकपाका वडाध्यक्ष विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

Published : Sunday, 2019 December 1, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया