नेकपाका कार्यकर्ताले रुपन्देहीमा युवती भ्याए, पक्राउ गर्न पुर्जी जारी

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता शिव सुवेदीलाई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीबाट अनुमति लिएको छ ।

रुपन्देही प्रहरीले सुवेदीलाई पक्राउ गर्न बिहीबार अदालतबाट अनुमति लिएको हो । सुवेदीलाई पक्राउ गरेर जबरजस्ती करणीको अभियोगमा मुद्धा चलाउने रुपन्देही प्रहरीले जनाएको छ ।

अर्घाखाँजी जिल्ला घर भई गुल्मीमा बस्दै आएका सुवेदीलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए ।

‘सम्मानित जिल्ला अदालतबाट शिव सुवेदीलाई पक्राउ गर्न आदेश लिएका छौँ’, एसपी थापाले भने, ‘अभियुक्त जहाँ भएपनि पक्राउ गरेर कारबाही गरिनेछ ।’

सुवेदीले १६ वर्षीया कल्पना मगर (नाम परिर्वतन)लाई रुपन्देहीमा जबरजस्ती करणी गरेका हुन् । दिदी पर्नेसँग रुपन्देहीमा कार्यक्रममा सहभागी हुन आएका बेला सुवेदीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

सुवेदीले आफूलाई जबरजस्ती करणी गरेपछि ती किशोरीले अभिभावकलाई भनेकी थिइन् । अभिभावकहरूले प्रहरीमा लिखित उजुरी दिएका थिए । त्यसपछि प्रहरीले अदालतबाट अनुमति लिएर नेकपाका कार्यकर्ता सवेदीलाई पक्राउ गर्न लागेको हो ।

सुवेदीले आफूलाई पत्रकार भएको बताउने गरेका छन् । सुवेदीले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगबाट बच्न नेकपाका नेताहरूलाई आग्रह गर्न थालेको पीडित पक्षले जनाएको छ ।

सुवेदीलाई बचाउन नेकपाका केही नेता र पत्रकार नेताहरू सक्रिय भएर लागेको स्रोतले जनाएको छ ।

नेकपा सत्तामा रहेकाले पीडित किशोरीले न्याय नपाउने हो कि भनेर पीडित पक्षले आशंका गरेको छ ।

गुल्मीमा सुवेदीले धेरैलाई आजित बनाएका थिए । अर्घाखाँची घर भएपनि सुवेदी धेरै जसो तम्घासमा बसेर चलखेल गर्दै आएका थिए ।

सुवेदीका हर्कतबाट गुल्मीका धेरै स्थानीयहरू आजित बनेका थिए ।

Published : Thursday, 2019 November 28, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया