मेडिसिटी अस्पतालमा ‘महरा काण्ड’, खतरामा परे महिलाहरू

ललितपुर । उपेन्द्र महतोको लगानी रहेको नेपालकै सबैभन्दा महँगो अस्पताल मेडिसिटीमा बिरामी महिलालाई डाक्टरले नै यौन दुर्व्यवहार गरेका छन् ।

यौन दुर्व्यवहारको अभियोगमा ललितपुर प्रहरीले अस्पतालका चिकित्सक डा.रोहितप्रसाद झालाई पक्राउ गरेको छ ।

बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डा.झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ ।

सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहार गरेको भनेर ती पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा डा.झालाई अस्पतालबाटै पक्राउ परेका छन् ।

डा.झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद एवम् निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन काण्ड सेलाउन नपाउँदै काठमाडौं उपत्यकाकै ठूलो र महँगो तथा विवादित हुँदै आएको मेडिसिटीका चिकित्सकले काण्ड मच्चाएका छन् ।

मेडिसिटी अस्पताल बेलाबेला विवादमा पर्दै आएको छ । विवादित हुँदा पनि यो अस्पताललाई कारबाही गर्नेतर्फ सरोकारवाला निकायले खासै ध्यान नदिएको आरोप छ ।

Published : Monday, 2019 November 25, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया