लोक दोहोरी प्रतिष्ठानको सचिवमा गायक रेउलेको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ कार्यसमितिको सचिव पदमा चर्चित लोक तथा दोहोरी गीतका गायक कृष्ण रेउलेले उम्मेदवारी घोषणा गरेका छन् ।
गायक रेउलेले आफूलाई मतदान गर्न अपील गरेका छन् । लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय रहेका गायक रेउले श्रष्टाहरूको हकहितका लागि बोल्दै आएका छन् ।
उनले गायक र गायिकाहरूले मेहनतको फल पाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । गायक रेउलेले भने, ‘गीत संगीतमा विकृति पनि छ । लोक तथा दोहोरी गीतको संरक्षण पनि गर्नुछ । गायक र गायिकाको हितमा पनि काम गर्नुछ । बाँच्नु छ ।’
गायक रेउलेले सबै गायक गायिकाहरूको हितका लागि आफूले सचिव पदमा उम्मेदवादरी घोषणा गरेको भन्दै मतदानका लागि अपील गरेका छन् ।
प्रतिष्ठानको ७औँ केन्द्रीय महाधिवेशन मंसिरको ६, ७ र ८ गते पोखरामा हुँदै छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया