लोक दोहोरी प्रतिष्ठानको सचिवमा गायक रेउलेको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ कार्यसमितिको सचिव पदमा चर्चित लोक तथा दोहोरी गीतका गायक कृष्ण रेउलेले उम्मेदवारी घोषणा गरेका छन् ।

गायक रेउलेले आफूलाई मतदान गर्न अपील गरेका छन् । लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय रहेका गायक रेउले श्रष्टाहरूको हकहितका लागि बोल्दै आएका छन् ।

उनले गायक र गायिकाहरूले मेहनतको फल पाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । गायक रेउलेले भने, ‘गीत संगीतमा विकृति पनि छ । लोक तथा दोहोरी गीतको संरक्षण पनि गर्नुछ । गायक र गायिकाको हितमा पनि काम गर्नुछ । बाँच्नु छ ।’

गायक रेउलेले सबै गायक गायिकाहरूको हितका लागि आफूले सचिव पदमा उम्मेदवादरी घोषणा गरेको भन्दै मतदानका लागि अपील गरेका छन् ।

प्रतिष्ठानको ७औँ केन्द्रीय महाधिवेशन मंसिरको ६, ७ र ८ गते पोखरामा हुँदै छ ।

Published : Tuesday, 2019 November 19, 7:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया