संघर्षबाट डराउने कलाकार हाेइनः दीपक विसी

काठमाडौं । मोडल बन्ने रहर बोकेर काठमाडौं आएका दीपक विसी अहिले पनि संर्घषमा छन् ।

स्याङजा जिल्लाका बासिन्दा विसीलाई मोडलिङ गर्नभन्दा पनि अवसर पाउन निकै कठिन भएको छ । राम्रो नाच्न र बोल्न जानेका विसीले १५ वटा जति म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

जति पनि म्युजिक भिडियोमा उनले काम गरेका छन् सबैमा राम्रो काम गरेका छन् । भन्छन्, ‘राम्रो काम गरेको छु । सबैले राम्रो अभिनय गरेको छ भन्छन् ।’

उनका लागि म्युजिक भिडियोमा काम पाउन सजिलो छैन । चिनजान नहुने हो भने म्युजिक क्षेत्रमा टिक्नै समस्या हुने उनको बुझाइ छ । तर, उनले आफूलाई चिनजानभन्दा पनि आफ्नै पौरख र कलाले अभिनय गर्ने अफर आउन थालेका छन् । भन्छन्, ‘काम गर्ने मौका आउन थालेको छ ।’

म्युजिक भिडियोमा अभिनय गरेकै भरमा काठमाडौंको बसाइँ भने सजिलो छैन । उनले अभियनका साथसाथै अन्य पेशा पनि अंगाल्दै आएका छन् । उनले म्युजिक भिडियाे निर्देशन पनि गर्ने गरेका छन् ।

मोडल विसी दोहोरी साँझमा नृत्य गर्छन् । त्यहाँबाट आउने पैसाले काठमाडौंमा बस्न सजिलो बनाइदिएको छ । म्युजिक भिडियोबाट आउने पैसाले अझै केही सजिलो भएको छ ।

उनलाई नेपाली कलाकार सबै मन पर्छन् । यो वा त्योभन्दा पनि आ–आफ्नो ठाउँमा सबै कलाकार राम्रो रहेको उनले बताए । उनले लोकदोहोरी, अधुनिकलगायत सबै गीतमा अभिनय गरिसकेका छन् । भविष्यमा आफूलाई अझै राम्रो मोडलका रुपमा प्रस्तुत गर्ने योजना छ ।

स्याङजाबाट काठमाडौं आएका धेरै कलाकारहरू छन् । अधिकांश कलाकारहरू आफ्नै पौरखले बाँचेका छन् । चिनिएका छन् । उनीहरू जस्तै भएर काठमाडौंमा बस्ने रहर विसीलाई छ । भन्छन्, ‘स्याङजाका थुप्रै कलाकारहरू काठमाडौंमा छन् । उनीहरूले आफ्नै बलबुताले नाम र दाम कमाउनु भएको छ । मैलेपनि उहाँहरूले जस्तै संघर्ष गर्नुपर्छ ।’

विसीसँग कलाक्षेत्रमा प्रवेश गरेकाहरूले फड्को पनि मारिसकेका छन् । तैपनि विसीले आफूलाई थामथुम पारेर राखेका छन् । जसको पनि समय आउने बताउने गरेका विसीले समयलाई चिन्न सकियो भने मानिस सफल हुने बताए । ‘मैले हार खाएको छैन । संघर्ष गर्नुपर्छ भन्ने कुरा भुलेको छैन’, उनले भने, ‘मेहन गरेपछि एक दिन जित अवश्य हुनेछ ।’

सधै अभावमा रहने मोडल बन्ने ईच्छा आफूमा नरेको विसीले बताए । ‘अभावलाई अबसरमा बदल्न सिक्नुपर्छ’, उनले भने, ‘समय आउँछ । आत्तिनु पर्दैन ।’ एकपटक सबै कुरा नपाइने उनले बताए । घरपरिवारबाट कलाक्षेत्रमा लाग्न सहयोग गरेको उनले बताए ।

Published : Sunday, 2019 November 17, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया