ठूलै काण्ड मच्चाउने पूर्वअर्थराज्यमन्त्री रुप ज्याेति पक्राउ

काठमाडौं । प्रहरीले ठगीकाे अभियाेगमा उद्योगपति एवं पूर्व राज्यमन्त्री रुप ज्योतिलाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार राति उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ज्योतिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योति शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।

Published : Thursday, 2019 November 7, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया