पत्नी कुट्ने ज्वाइँले घाेराहीमा भेटे टाउकाे फुट्ने गरी सासुकाे दनक

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा सासुले धारिलो हतियार प्रहार गरेर ज्वाइँलाई घाइते बनाएकी छिन् ।

घोराही उप–महानगरपालिका वडा नम्बर ८ घर भई नारायणपुर बस्ने वर्ष ४१ की मधुकुमारी मल्लले ज्वाइँ गणेश चन्दलाई टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको दाङ प्रहरीले जनाएको छ ।

बुधबार राति पौने नौ बजे शान्तिनगर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३१ को गणेश चन्द र उनकी श्रीमती वर्ष २२ की सरस्वती मल्ल ससुरालीमा रहेका बेला झगडा हुँदा सासु मधुकुमारी मल्लले छोरी कुटेको भन्दै ज्वाइँलाई धारिलो हतियार प्रहार गरको विज्ञप्तिमा उल्लेख छ ।

धारिलो हतियारले ज्वाइँ गणेश चन्दलाई टाउकोमा प्रहार गरी घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ ।

सामान्य सरस्वती मल्ल सामान्य घाइते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । सासु मधुकुमारी मल्ललाई वडा प्रहरी कार्यालय घोराहीमा राखिएको छ ।

Published : Thursday, 2019 November 7, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया