गुल्मीमा मुटु हल्लाइदिने घटना, धेरैका आँशु आए

तम्घास । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा विभत्स तरिकाले हत्या गरी फालिएका तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय तम्घासका अनुसार हर्राचौरको आलुखरिपाको जंगलमा स्थानीयले ती शव देखेर शनिवार प्रहरीलाई खबर गरेका थिए ।

कम्तिमा एक साताअघि हत्या गरी फालिएको अवस्थामा तीन जनाको शव फेला परेको हो । शव देख्दा धेरैका आँशु रसाएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

फोला परेका शव अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालक र ५ वर्षीया बालिकाको हुनसक्ने अनुमान गरिएको छ ।

शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा रगत लागेका ढुंगा फेला परेको स्थानीयले बताएका छन् ।

महिला र बच्चा सबैको टाउकोमा ढुंगा प्रहारी गरी छियाछिया परेका चोट देखिएको जनाइएको छ । घटनाको गुल्मी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Saturday, 2019 November 2, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया