ओलीका एडीसी जुवाकाे अखडाबाट पक्राउ

काठमाडौं । दुईतिहाएको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका सुरक्षा अधिकृत (एडीसी) काठमाडौंमा जुवाको खालबाट पक्राउ परेका छन् ।

नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही, किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपियाँ पनि बरामद भएको छ ।

Published : Saturday, 2019 November 2, 8:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया