तिहारका बेला लाखाैँ ठगेर नेपाली फिल्मका हिराे फरार

काठमाडौं । नेपाली चलचित्रका नायक सुनिलदत्त पाण्डे अध्यक्ष रहेको सहकारी संस्थाले ९० जनाभन्दा धेरैको पैसा खाएर बिचल्ली बनाएको छ ।

काठमाडौंमा रहेको पाण्डेको सहकारीले पैसा डुबाइदिएपछि पीडितहरूले मुद्धामामिला गरेका छन् । अध्यक्ष पाण्डेलाई पक्राउ गर्न ३५ दिने पक्राउ पुर्जी पनि जारी भएको छ । तर, पाण्डे लुकेर बसेका छन् ।

०७१ सालमा नै पाण्डेको सहकारी डुबेको पीडितहरूले बताएका छन् ।

पाण्डे अध्यक्ष रहेको सहकारीका सदस्यहरूमा प्रमोदप्रसाद मानन्धर, रमेश मानन्धर, राजीव लामा, रामकुमार पाण्डे र शैलेन्द्रदत्त पाण्डे रहेका छन् । शैलेन्द्र पाण्डेको निधन भइसकेको छ ।

अध्यक्ष पाण्डेसहित सबै जनाविरुद्ध ०७४ माघ १ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा चलेको थियो । प्रहरीले त्यस बेला सहकारीका चार जना

सदस्यहरूलाई पक्राउ गरेको थियो । अध्यक्ष पाण्डे फरार रहेकाले पक्राउ परेका छैनन् ।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको धरौटीको

आदेशलाई बदर गरी पुर्पक्षमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले सहकारीका अध्यक्ष पाण्डेका नाममा २०७६ भदौ १५ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

Published : Friday, 2019 October 25, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया