चर्चित धुन्दुकारीको तिहार पुलिसको खाेरमा

काठमाडौं । अश्लील शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा एक जना गायकलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ५ ठेगाना भएका आफूलाई ¥यापर भन्न रूचाउने ‘भिटेन’ उर्फ समिर घिसिङ्ग (वर्ष २२ का समिर लामा)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरी गीत गाएको आरोप उनलाई लागेको छ ।

लामाले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेको प्रहरीले जनाएको छ ।

लामालाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Published : Thursday, 2019 October 24, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया