बलिउडका चर्चित गायक मिश्रा काठमाडौं आउँदै

काठमाडौं । बलिउडको प्रख्यात आइफा अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन् ।

नेपथ्य इभेन्ट म्यनेजेमेन्ट (प्रा)लिले आयोजना गर्न लागेको कार्यक्रमका लागि गायक मिश्रा नेपाल आउन लागेका हुन् ।

कम्पनीका सिईओ आशिष लामिछानेका अनुसार गायक अमित मिश्राका साथमा भारतकै चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिषा नाथ पनि आउने छिन् ।

कार्यक्रममा नेपालका चर्चित गायक र गायिकाहरूको पनि प्रस्तुति रहनेछ ।

यहि नोभेम्बर २२ तारिख शुक्रबार साँझ दरबारमार्गको म्याग्नम लाउञ्ज बार एण्ड क्लबमा गायक अमित मिश्रा र गोरिषा नाथले प्रस्तुतिहरू दिनेछन् ।

अमित मिश्राले बलिउडमा चर्चित संगीतकार प्रितमसँग सहकार्य गर्दै आएका छन् । उनले देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउँदै आइरहेका छन् ।

बलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि अमित मिश्राले प्लेब्याक आवाज दिइसकेका छन् ।

यो कार्यक्रमले पर्यटन वर्ष २०२० लाई टेवा पु¥याउने अनुमान गरिएको आयोजकको छ ।

काठमाडौं बसाइँका बेला गायक अमित मिश्राले विभिन्न संस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्नेछन् ।

उनको डकुमेन्ट्री प्रोजेक्ट मूभिको लागि पनि नेपालका केही स्थललाई लक्षित गरेर भिडियो सम्प्रेशण गर्नेछन् । जसको प्रसारण संसारभरि गरिनेछ ।

सन् २०१६ र २०१७ को आईफा अवार्ड अमित मिश्राले जित्न सफल भएका थिए । त्यस बेला उनले ‘ए दिल है मुश्किल’को ‘बुल्लेया’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका थिए ।

गायक अमित मिश्राले अरु थुप्रै अवार्डहरू पनि जितेका छन् । उनले हिन्दी सिने जगतमा धेरै उत्कृष्ट गीतहरूमा स्वर दिएसकेका छन् ।

गायक अमित मिश्रले सन् २०१३ देखि २०१८ सम्ममा देश र विदेश गरी चारभन्दा बढी कार्यक्रमहरूमा प्रस्तुति दिइसकेका छन् ।

नेपथ्य इभेन्ट म्यानेजमेन्ट (प्रा)लिले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुनेछ ।

कार्यक्रमबाट उठेको लाभान्सको केही प्रतिशत वृद्धा आश्रमलाई दिइनेछ ।

कार्यक्रममा सिने जगत, कलाकार, सामाजिक क्षेत्र र व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ ।

कार्यक्रममा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ । साधरण टिकटको लागि पच्चीस सय रुपियाँ र भीआइपीको लागि पैतीस सय रुपियाँ राखिएको छ ।

कार्यक्रमको व्यवस्थापन र अन्य विविध पक्षका कारण टिकट सीमित रहेको आयोजकको भनाइ छ । कार्यक्रमलाई सुरक्षाको दृष्टीकोणले पनि विशेष ध्यान दिइएको छ ।

बलिउड गायक अमित मिश्राका गीत

१. अल्लाह दुहाई है – रेस ३

२. स्लोव मोशन मै – भारत

३. सजन रेडियो – तुबलाइत

४. बुल्लेया – ए दिल है मुश्किल

५. मन मा इमोसन जागे रे – दिल वाले

६. सुनो गनपति बापा मोर्या – जुडुवा २

७. गल्ती से मिस्टेक – जग्गा जासूस

८. दिङ दङ – मुन्ना माइकल

९. सौ तराह के – धिशूम

१०. फिकर नट – छिछोरे

११. मिरे कारवान – लखनउ सेन्ट्रल

१२. इतना सन्नाटा क्युँ है – गोल्माल अगैन

१३. तन्हाइयाँ – अक्सर २

१४. सीधा साधा – कमाण्डो २

Published : Wednesday, 2019 October 23, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया