ऋषिराजको ‘चुरीफुरी’मा नयाँ कलाकार, अडिसन हुँदै

काठमाडौं । चलचित्र निर्देशक ऋषिराज आचार्यले ‘चुरीफुरी’ नामक चलचित्र बनाउने भएका छन् । ‘चुरीफुरी’का लागि उनले कलाकारको खोजी शुरू गरेका छन् ।

आचार्यले आरबी ब्यानमार ‘चुरीफुरी’ निर्माण गर्नेछन् । चलचित्रमा नयाँ कलाकार राखिनेछ । निर्देशक आचार्यले ‘चुरीफुरी’मा केही पुराना कलाकार पनि रहने जानकारी दिएका छन् ।

निर्देशक आचार्यले नयाँ कलाकार छनौटका लागि अडिसन कात्तिकको अन्तिम साता आयोजना हुने बताए । अडिसनको जानकारी चलचित्र ‘चुरीफुरी’को फेसबुक पेजमा राखिएको उनले बताए ।

अडिसनमा १८ देखि २५ वर्षसम्मका कम्तिमा पनि ५ फिट ३ ईञ्च उचाइँ भएका युवायुवतीबाट गरिनेछ ।

‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’ लगायतका चलचित्र निर्देशन गरेका आचार्यले ‘चुरीफुरी’लाई हत्वकांक्षाका रुपमा बनाउन लागेका छन् ।

‘चुरीफुरी’का नयाँ कलाकार छनौटपछि फागुनदेखि छायाँकनमा जाने निर्देशक आचार्यले बताए । चलचित्रको कथा लेखन निर्देशक आचार्यले गरेका हुन् ।

गीत रेकर्डिङदेखि छायाँकनको अन्य तायरी भइरहेको ‘चुरीफुरी’लाई आगामी तीजमा रिलिजको डेट राखिएको छ । ‘चुरीफुरी’को कथावस्तु सामाजिक विषय राखिएको छ ।

Published : Tuesday, 2019 October 22, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया