मुस्लिम आयोगको चेतावनीपछि ‘बादशाह जुट’ले माफी माग्यो, दृष्य हटाउने

काठमाडौं । मुस्लिम आयोगले ‘बादशाह जुट’ नामक नेपाली फिल्ममा मुस्लिम समुदायलाई अपमान हुने गरेर राखिएका दृष्य हटाउन निर्देशन दिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सोमबार ‘बादशाह जुट’ नामक फिल्मका निर्माता, निर्देशकलगायतलाई बोलाएर मस्लिम समुदायलाई अपमान हुने गरी राखिएको दृष्यका बारेमा स्पष्टीकरण लिएका हुन् ।

‘बादशाह जुट’ फिल्म निर्माण गरेको एच एण्ड बी फिल्म्स प्रा.लिले पनि विज्ञप्ति जारी गरेर मुस्लिम समुदायको चित्त दुःखेकोमा माफी मागेको छ ।

आयोगका अध्यक्ष मियाँले निर्माण पक्षलाई फिल्ममा राखिएको दृश्य हटाउन सुझाव दिएका थिए । त्यसपछि ‘बादशाह जुट’ नामक फिल्मको निर्माण पक्षले आयोगको निर्देशन र सुझावलाई कार्यान्वयन गर्ने आश्वासन दिएका थिए ।

युट्युबमा राखिएको ‘बादशाह जुट’ नामक फिल्मको ट्रेलरमा नेपाली मुस्लिम समुदायलाई ‘आईएसआई’को एजेन्ट र ‘आईएसआई’ जिन्दावाद जस्ता शब्दावली र दृष्य राखिएको छ ।

‘बादशाह जुट’ नामक फिल्मका निर्माता भोजराज श्रेष्ठ हुन् । फिल्मका निर्देशक जोनीसिंह राना हुन् । कथा पनि निर्देशक रानाले नै लेखेका छन् ।

Published : Monday, 2019 October 14, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया