परपुरुषको अंगालोमा पत्नी, घटनाले लियो अर्कै मोड

कैलाली । पत्नीलाई परपुरुषसँग भेटेपछि कैलाली जिल्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको ज्यान गएको हो ।

असोज २१ गते कुटपिट भएपनि प्रहरीलाई असोज २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२४ गते बिहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।

नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापाफेरि उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना भएकी थिइन् ।

थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग श्रीमतीलाई भेटेपछि कुटपिट गरेको नायव उपरीक्षक बस्नेतले बताएका छन् ।

कुटपिटमा संग्लन उनलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

Published : Monday, 2019 October 14, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया