‘सानोमा गाउन पाइन, अहिले इच्छा पूरा भयो’

देशु गोले, गायिका

देशु गोले गायन पेशामा शोखले प्रवेश गरेकी हुन् । बेलायतमा बस्दै आएकी गायिका गोलेको घर धरानमा हो । उनको जन्मघर भने भोजपुर जिल्लाको खार्तम्छामा हो ।

सानै उमेरमा गायनप्रति इच्छा भएपनि विभिन्न कारणले गीत संगीतमा प्रवेश गर्न पाइन्न् । विवाहित भएपछि भने उनलाई गायनमा प्रवेश गर्न सजिलो भयो ।

साधारण परिवारमा जन्म भएकी गोलेले विगतमा आफूले पाएको दुःख र पीडा अरुलाई नहोस् भन्ने ठान्छिन् । उनले गायन पेशाका साथै मौका मिल्दा सामाजिक कार्यहरूमा पनि सहभागिता जनाउने गरेकी छिन् ।

गायिका गोलेले पहिलो गीत ‘समयद मलाई बनायो होलान्…’ बोलको गीतमा स्वर दिएकी थिइन् । त्यस गीतका शब्द गोले आफै लेखेकी हुन् । गोलेको डेब्यु गीत आधुनिक थियो । पहिलो गीतलाई उनले अहिले पनि स्मरण गर्ने गरेकी छिन् ।

गायनमा लागेको दुई वर्ष भयो । यो अवधिमा उनले१६ वटा गीत गाएकी छिन् । तीन वटामा गोले आफैले शब्द लेखेकी छिन् । अन्य सबै गीत अरुले लेखेका हुन् ।

उनले संगीतकार शम्भुजित बास्कोटा, राजशुक्र लिम्बु, प्रताप लामा, अर्जुन पोखरेल, शंकर स्माइल थापालगायतसँग काम गरेकी छिन् । ‘मैले सबै प्रकारको गीत गाएको छु’, उनले भनिन्, ‘दोहोरी, रोइला, लोक, आधुनिक सबै गीतहरू गाएको छु ।’

गायिका गोलेलाई आधुनिक गीत मन पर्छ । ‘सानैदेखि गीत गाउँथे । सानोमा समय भएन । अधुनिक गीत मन पथ्र्यो’, उनले भनेकी छिन्, ‘म संगीतमा लागेपछि शोख पूरा गर्न पाएँ । मेरो परिवारको सहयोग छ । छोराछोरीले पनि साथ दिएका छन् ।’

कुरा गर्दै जाँदा गायिका गोलेले आफूले सामाजिक कार्यमा पुर्‍याएको योगदानका बारेमा पनि लेखिदिन आग्रह गरिन् । बेलयातको बसाइँका क्रममा विभिन्न साथीभाईसँगको सहकार्यमा रकम संकलन गरेर आफ्नै नाममा धरानमा रहेको फाउण्डेसनमार्फत ३२ जना बालबालिकाहरूलाई गुम्मामा राखेर पढाउँदै छिन् ।

‘म सामाजिक अभियन्ता पनि हुँ’, उनले भनिन्, ‘६ लाख ३६ हजारको अक्षय कोष स्थापना गरेको छु । ३२ जना बच्चालाई पढाउन यो रकम जम्मा गरेको हुँ ।’

उनलाई गायिका मेलिना राईका गीत राम्रो लाग्छ । नारायण गोपालका केही सेलेक्टेड गीत गोलेले सुन्ने गरेकी छिन् । ‘नारायण गोपालका सबै गीत मन पर्दैन । केही गीत राम्रा छन्’, उनले भनिन्, ‘सबै प्रकारका गीत सुन्ने गरेको छु ।’

खानपिन र चाढपर्व मनाउनु उनकालाई रमाइलो लाग्छ । दशैँमा लगाइने सेतो टीकाका बारेमा गायिका गोलेले आफ्ना बुबालाई सम्झिन्छिन् । सेटो टीका सेतो हिमालको प्रतीक रहेको उनको भनाइ छ ।

Published : Thursday, 2019 October 3, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया