पूर्वेली लयमा ‘मनै साटिन्छ’

काठमाडौं । गायक श्री राईको स्वरमा ‘मनै साटिन्छ…’ बोलको गीत रिलिज भएको छ । गीतको शब्द दिलिप सागर राईले लेखेका हुन् ।

गीतका संगीतकार एआर अटु हुन भने राजु कार्कीले एरेन्ज गरेका छन् । पूर्वेली लयमा रहेको गीत राम्रो बनेको गायक राईले बताएका छन् ।

म्युजिक भिडियोमा निरज प्रधान, मरिस्का पोखरेलको अभिनय रहेको छ ।

शिशिर श्रेष्ठको निर्देशन रहेको ‘मनै साटिन्छ…’का कोरियोग्राफर निश्चल केसी हुन् ।

दीपक गिरीको छायाँकन र अमृत चापागाइँको सम्पादन रहेको यो म्युजिक भिडियोलाई जनता डिजिटल फिल्मसले ल्याएको हो ।

Published : Thursday, 2019 October 3, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया