नायिका थापाको ‘लक्ष्मी रानी’को शीर्ष गीतले धामाका मच्चाउँदै

काठमाडौं । नायिका शुभेच्छा थापाद्वारा निर्देशन गरिएको ‘लक्ष्मी रानी’को शीर्ष गीत रिलिज भएको छ ।

कार्तिक १ गते रिलिजको लक्ष्य राखेको ‘लक्ष्मी रानी’को ‘दिलैमा राखौँला लक्ष्मी रानी…’ बोलको गीत रिलिज गरिएको हो । गीत राम्रो बनेको नायिका थापाले बताएकी छिन् ।

युट्युबमार्फत रिलिज भएको गीतमा दौलत राई र जुनु रिजालले स्वर दिएका छन् । गीतका शब्द लोक राई र संगीत बाबुल गिरीले दिएका छन् ।

फिल्मको छायाँकन रामेश्वर हुमागाइँ, सम्पादन ललितसिंह साउद, नृत्य विवेक थापाको रहेको छ । ‘लक्ष्मी रानी’को लेखन नायिका शुभेच्छा थापा आफैले लेखेकी हुन् ।

‘लक्ष्मी रानी’मा शुभेच्छा थापा, श्याम राई, शरद गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सापकोटा, राजु गिरी लगायतको अभिनय रहेको छ । शुभेच्छा सिने फेमको प्रस्तुति रहेको ‘लक्ष्मी रानी’को लगानी पनि स्वयं नायिका शुभेच्छा थापाले गरेकी छिन् ।

Published : Sunday, 2019 September 29, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया