भारतीयहरूले फिल्मी शैलीमा दाङमा गरे अञ्जाम

घोराही । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ भञ्ज्याङमा गोली चलेको छ ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको भञ्ज्याङमा बिहीबार दिउँसो गोली चलेको प्रहरीले जनाएको छ ।

एक राउण्ड गोली चलेको खोका घटनास्थलबाट बरामद भएको छ । जंगी राउन्ड फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् ।

भारतको रुपैडियाबाट यूपी ४० एबी ९११ नम्वरको कार बुक गरी आएको समूहले भञ्ज्याङमा फायर गरेको भारत नाकपुर घर भएका मोहम्मत सायदले प्रहरीलाई बयान दिएका छन् ।

कार बुक गरेर ल्याउनेमध्ये नागापुर निवासी ४० वर्षीय मोहमद सायदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भीक बयानमा सायदले गाडी बुक गरेर कारका चालक मेराज अली साहलाई रुपैडियाबाट सँगै ल्याएका थिए ।

बाँकेमा आएपछि कारमा थप तीन जना मधेसी मुलका मानिस पनि चढेका थिए । उनीहरू फरार रहेको प्रहरीले बताएको छ ।

जंगलमा सौच गर्ने भन्दै चालकलाई गाडी रोक्न लागाएर कार बुक गर्ने समूहले गोली फायर गरेको देखिन आएको प्रहरीले बताएको छ ।

गोली फायर गरेर उनीहरूले गाडी चालक मेराज अली साहको साथबाट १५ हजार नगद पनि लुटेर लगेको प्रहरीले जानकारी दिएको छ ।

गाडी केही पर जंगलमा लक गरेको अवस्थामा फेला परेको थियो । सात हजार भाडामा उनीहरू गाडी बुक गरेर आएका थिए ।

पक्राउ परेका साहेवले आफूले गोली नचलाएको उल्लेख गर्दै उनीहरूसंग हतियार छ भन्ने कुराको समेत आफूलाई थाहा नभएको बयान प्रहरीसमक्ष दिएका छन् । फरार भएका तीन जनाको खोजी शुरु भएको दाङ प्रहरीले जनाएको छ ।

Published : Thursday, 2019 September 19, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया