लोक दोहोरी गीतमा नै रमाउन चाहन्छः गायिका मगर

काठमाडौं । गायिका दीपिका मगर गीत संगीतिको क्षेत्रबाट टाढा जानै सक्दिनन् । लोकदोहोरी साँझहरूमा गीत गाउँदै आएकी गायिका मगरका संघर्षको कथा लामै छ । सानैदेखि गायन पेशामा लाग्ने उनको धोको काठमाडौं छिरेपछि पूरा भएको थियो । अहिले पनि गायनमै उनी सक्रिय छिन् ।

घरपरिवार र अन्य व्यवधानहरूले उनलाई गायन व्यवसाय अगाडि बढाउन समस्या नआएका होइनन् । तैपनि सबै कुरालाई उनले व्यवस्थापन गरेकी छिन् । सबै आफन्तको चित्त बुझाएरै गायिका मगरले लोकदोहोरी गीत गाउने गरेकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जाल युट्युबका कारण कलाकारलाई काम गर्न केही सजिलो भएको उनको भनाइ छ । युट्युबमा देखाइने लोक तथा दोहोरी गीतहरूमा पनि उनले बेलाबेला गाउने गरेकी छिन् । कसैले गीतमा गाउन अफर दिँदा उने कसैलाई पनि निरास बनाउँदिनन् ।

राम्रो स्वरकी धनी गायिका मगरले धेरै नाम कमाउन सकेकी छैनिन् । तर, उनले हिम्मत हारेकी छैनन् । गायक पेशामा लागेपछि जित र हार दुबै हुन्छ । जित्नकै लागि यो पेशामा लागेको उनले बताइन् । ‘गायक पेशामा लागेपछि गायनलाई भुल्न सकेको छैन’, उनले भनिन्, ‘अझै समय छ । केही गरौँ भन्ने भावना छ ।’

आफ्नै कामबाट पनि पूरै रुपमा उनी सन्तुष्ट छैनिन् । भन्छिन्, ‘गर्न धेरै छ । सोँच जस्तो पनि हुन सकेको छैन ।’ गायनमा लागेर दुई–चार जनाले चिन्ने भएको बताउने गायिका मगरले समय परिवेशले गायन क्षेत्रलाई झन् परिस्कृत गर्दै लगेको बताइन् ।

गायन क्षेत्रमा पछिल्लो समयमा आएका कलाकारहरूले एकपछि अर्को गरेर झन् राम्रो काम गरेको उनले बताइन् । तर, आफ्नो मौलिक लोक संस्कृतिलाई मास्न नहुने उनको भनाइ छ । ‘गीत संगीतमा हाम्रो मौलिक संस्कृतिलाई मास्न हुँदैन’, उनले भनिन्, ‘हाम्रो पहिचान भनेकै लोक संस्कृति हो ।’ सबैको सहयोगमा गीत संगीतलाई बचाइ राख्नुपर्ने उनले बताएकी छिन् ।

गायन क्षेत्रका कलाकारहरू क–कसलाई मन पर्छ भनेर सोधिएको प्रश्नको जिज्ञासामा गायिका मगरले भनिन्, ‘सबै एकसे एक हुनुन्छ । यो नै भन्ने छैन । सबै राम्रो हुनुहुन्छ ।’ गायिका मगरले सबै प्रकारको गीत सुन्न मन पाराउँछिन् । विशेष गरेर उनलाई लोकदोहोरी गीत नै मन पर्छ । उनी लोकदोहोरी गीतमा नै रमाउन चाहन्छिन् । भन्छिन्, ‘म लोक दोहोरी गीतमा नै फिट छु । मलाई पनि मन पर्छ ।’

गायिका मगर प्रेम प्रस्ताव आएर हैरान भएकी छिन् । भन्छिन्, ‘यो जुनीमा हुन पाइन । अर्को जुनीमा हेरौँला ।’ गायिका भएका कारण पनि शुभेच्छुकहरू धेरै भएको उनले बताइन् । गायिका मगरलाई बेलाबेला महोत्सवहरूमा पनि निम्तो आउने गर्छ । ती महोत्सवहरूमा पनि जाने गरेकी छिन् ।

गायिका मगरले लोक तथा दोहोरी गीतमा अहिल पनि युवाहरू आकर्षित हुने गरेको बताइन् । गीतहरू परिमार्जित भएर आएको उनले बताइन् । जति पनि गीत आएका छन् ती सबै परिमार्जन भएर आएको उनको बुझाइ छ । यसलाई नराम्रो रुपमा हेर्न नहुने बताइन् ।

Published : Thursday, 2019 September 19, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया