नायिका निता ढुंगानाको पार्टीमा रक्सीको ‘खोलो’

काठमाडौं । नेपाली चलचित्र ‘मितिनी’बाट बालकलकारको भूमिकाबाट डेब्यु गरेकी नायिका निता ढुंगानाले भव्य रुपमा जन्मदिन मनाएकी छिन् । ढुंगानाले सीमित कलाकार र आफन्तलाई होटेलमा बोलाएर भव्य पार्टी दिएकी छिन् ।

जन्मदिन मनाएपनि नायिका ढुंगानाले आफू कति वर्षमा लागिन् केही भनिन् । नायिका ढुंगानाले जन्मदिनको केक काटेकी थिइन् ।

उनी चलचित्र क्षेत्रमा प्रवेश गरे यता केही नायकसंग उनको प्रेम सम्बन्धका बारे समाचार आउने गरेका थिए । नायिका ढुंगानाले आफू सिंगल रहेको बताएकी छिन् । ‘सिंगल जीवन जति आनन्दको छ, त्योभन्दा अर्को केही हुन्न’, उनले भनेकी छिन् ।

ढुंगानाले अझै विवाह गर्न हतार नभएको बताएकी छिन् । जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा निक्कै बोल्ड अवतारमा देखिएकी ढुंगानाको ड्रेसप्रति धेरैको ध्यान केन्द्रित भएको थियो ।

उनको ड्रेसको डिजाइनका कारण उनका बक्षभन्दा माथिको भाग पूरै देखिएको थियो । उनको पिठ्युमा रहेको ट्याटु पनि देखिएको थियो ।

ड्रेसका कारण नायिका ढुंगानालाई समस्या भएको थियो । उनले बेलाबेला आफ्नो कपडालाई माथि सार्ने गरेकी थिइन् । उनको छाती पूरै देखिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसबारेमा नायिका ढुंगानाले केही भनेकी छैनन् ।

नायिका ढुंगानाले जन्मदिनमा आएका पाहुनाहरूलाई रक्सी पनि खुवाएकी थिइन् । स्रोतका अनुसार नायिका ढुंगानाले पाहुनाहरूलाई इच्छाअनुसारको खाना र ड्रिङ्स खुवाएकी थिइन् ।

केही सञ्चारकर्मी र कलाकारहरू रक्सीले मातेर हल्लिदै होटेलबाट बाहिरिएको प्रत्यक्षदर्शी एकजना कलाकारले बताएका छन् ।

Published : Thursday, 2019 September 19, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया