रामेछापमा प्रहरीद्वारा घरेलु मदिरा नष्ट

मन्थली । रामेछाप प्रहरीले पाँच सय लिटर घरेलु मदिरा नष्ट गरिदिएको छ ।

ईलाका प्रहरी कार्यालय धोवीडाँडाबाट प्रहरी निरीक्षक मदन थापाको कमाण्डमा गएको टोलीले धोबजी बजारका विभिन्न पसलमा मंगलबार छापामारेर पाँच सय लिटर मदिरा जफत गरी नष्ट गरेको हो ।

लिखुतामाकोसी गाउँपालिकाको वडा नम्बर ३ र ५ स्थित धोवी बजारका विभिन्न व्यक्तिहरूको पसलबाट अवैध रुपमा उत्पादन गरी विक्री वितरणका लागि राखिएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Published : Wednesday, 2019 September 18, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया