लोक पप लयमा भुपु–कुशुमको ‘नरिसाउन मालती’

काठमाडौं । फरक शैलीका गीत गाउदै आएका गायक भुपु पाण्डेले ‘नरिसाउन मालती…’ बोलको गीत रिलिज गरेका छन् ।

गीतमा गायक पाण्डेलाई स्वरमा कुशुम दाहालले साथ दिएकी छिन् । गीतको संगीत गायक पाण्डे आफैले दिएका छन् । ‘नरिसाउ मालती…’का शब्द राजेश अर्यालले लेखेका हुन् ।

आफ्नै युट्युब च्यानलमार्फत सेप्टेम्बर १२ मा रिलिज भएको गीत पाँच दिनमा साढे दुई लाख भ्यू गएको छ । छोटो समयमा गीत राम्रो भ्यू गएपछि गायक पाण्डे हर्षित बनेका छन् ।

‘मेरो यूट्युब च्यानमा थोरै मात्रै सस्क्राइब छन्’, उनले भने, ‘तैपनि दर्शक स्रोताहरूले गीत मन पराइदिनुभएको छ । खुसी लागेको छ ।’

गायक पाण्डेले नयाँ पुस्तालाई ध्यानमा राखेर गीत बनाएका छन् । लोक पप लयमा रहेको यो गीतमा होचापुड्का कलाकारहरू अभिनय गराइएको छ ।

गीतमा गायक पाण्डे र गायिका दाहालका साथै सिसा सागर, मनीषा श्रेष्ठ, मेघराज खड्का, सुरज शाही ठकुरी, अनेक श्रेष्ठ, पवन घर्ती मगर, रिना श्रेष्ठ, ज्याक गुरुङलाई फिचरिङ गरिएको छ ।

उनीहरूको अभिनय अत्यन्तै राम्रो रहेको गायक पाण्डेले बताए । म्युजिक भिडियोको निर्देशन सुरज कुसुम्या हुन् ।

Published : Tuesday, 2019 September 17, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया