काठमाडौंमा इनास अवार्ड हुने
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले गर्दै आएको चलचित्र अवार्डको छैटौँ शृंखला काठमाडौंमा गर्ने भएको छ ।
अवार्ड असोज २७ गते काठमाडौंमा हुने इनासले विज्ञप्तिमार्फत जनाएको छ ।
इनासले यस पटक वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नेछ ।
दर्जनौं चलचित्रहरूमा सदाबहार संगीत दिएका संगीतकार गजमेरको योगदानको कदर गर्दै उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्न लागिएको इनासका चलचित्र प्रवर्द्धन समितिका संयोजक मनीषकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इनासले यसअघि जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाडौंमा अवार्ड गरिसकेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्याउने उद्देश्यले ममता र समर्पण मातृभूमिको लागि भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा एनआरएनहरूको उल्लेख्य उपस्थिति रहनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया