काठमाडौंमा इनास अवार्ड हुने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले गर्दै आएको चलचित्र अवार्डको छैटौँ शृंखला काठमाडौंमा गर्ने भएको छ ।

अवार्ड असोज २७ गते काठमाडौंमा हुने इनासले विज्ञप्तिमार्फत जनाएको छ ।

इनासले यस पटक वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नेछ ।

दर्जनौं चलचित्रहरूमा सदाबहार संगीत दिएका संगीतकार गजमेरको योगदानको कदर गर्दै उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्न लागिएको इनासका चलचित्र प्रवर्द्धन समितिका संयोजक मनीषकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इनासले यसअघि जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाडौंमा अवार्ड गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्‍याउने उद्देश्यले ममता र समर्पण मातृभूमिको लागि भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा एनआरएनहरूको उल्लेख्य उपस्थिति रहनेछ ।

Published : Wednesday, 2019 September 11, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया