युवती काण्डमा नेकपाका ठूला अरिँगाल पक्राउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वसांसद योगेन्द्र घिसिङलाई युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरेको छ ।

सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्रहरीले सोमबार पूर्वसांसद घिसिङलाई पक्राउ गरेको हो ।

सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा पूर्वसांसद एवम् नेकपाका नेता घिसिङले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिएकी छिन् ।

यौन दुर्व्यवहारपछि ती युवतीले नेकपाका युवा नेता घिसिङको प्रतिकार गरेकी थिइन् । प्रहरीमा युवतीले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन् । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार पक्राउ परेका पूर्वसांसद घिसिङलाई छुटाउन नेकपाका नेताहरूले ललितपुर प्रहरीलाई दवाव दिएका छन् ।

Published : Monday, 2019 September 9, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया