बारामा नक्कली काण्ड मच्चाउने गिरोह पक्राउ, प्रहरीलाई सफलता

काठमाडौं । बारा जिल्लामा प्रहरी प्रमुखकाे जिम्मेवारी एसपी विकासराज खनालले नेतृत्व सम्हालेसँगै नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) सहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका– ८ का ३९ वर्षीय रामबहादुर स्याङतान, सोही स्थानमा ३३ वर्षीय गोपालसिंह भुलुन र बाराको सुवर्ण गाउँपालिका–५ का ४५ वर्षीय गगनदेव साह रहेका छन् ।

उनीहरूको साथबाट बारा प्रहरीले ४ थान नक्कली स्मार्टकार्ड, ८ लाख २५ हजारको रामबहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ ।

पक्राउ परेका गगनदेव साह यसअिघ पनि नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा गत वैशाखमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

तत्कालीन समयमा धरौटीमा छुटेका उनी गत चैतमा बारा जिल्ला अदालतले एक वर्ष कैद सुनाएकोमा फरार रहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

000

मिति २०७६/०५/२० गते ।

“नक्कली लाईसेन्स सहित ३ जना पक्राउ”

मिति २०७६।०५।१८ गते बेलुकी अं.१७;०० बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले जिल्ला बारा कलैया उ.मन.पा.वडा नं.१ स्थित सडकमा जि.मकवानपुर बकैया गा.पा.वडा नं.८ बस्ने ३९ को राम बहादुर स्याङतान, ऐ.ऐ.बस्ने बर्ष ३३ को गोपाल सिंह भुलुन र जि.बारा सुर्वण गा.पा.वडा नं.५ बस्ने बर्ष ४५ को गगनदेव साह समेत ३ जनालाई नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड थान ४, पुरानो सवारी चालक अनुमति पत्र थान १ र रु.८,२५,०००।- बराबरको राम बहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको चेक थान ४ सहित पक्राउ गरिएको ।

निजहरु उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

यस भन्दा पहिला पनि निज गगनदेव साहले 03-05-00042348, 03-05-00042317, 03-05-00042348 नं.को नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड बनाएको घटनामा मिति २०७५।०१।१० गते जितपुरसिमरा उ.म.न.पा.वडा नं.७ स्थित जितपुर बजारबाट निजलाई उक्त नक्कली लाईसेन्स सहित पक्राउ परी निज उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरी तत्काल मिति २०७५।०२।०५ गते सम्मानित बारा जिल्ला अदालतको आदेशले रु.९,०००।- धरौती राखी तारेखमा छुटेको र पछि मिति २०७५।१२।१२ गते सम्मानित बारा जिल्ला अदालतको फैसलाले निजलाई १ वर्ष कैद र रु.५०।- जरिवाना ठहर भई फरार रहेको ।

संलग्न रहेका पक्राउ व्यक्तिहरू

• जि.मकवानपुर बकैया गा.पा.वडा नं.८ बस्ने ३९ को राम बहादुर स्याङतान

• ऐ.ऐ.बस्ने बर्ष ३३ को गोपाल सिंह भुलुन

• जि.बारा सुर्वण गा.पा.वडा नं.५ बस्ने बर्ष ४५ को गगनदेव साह

थप जानकारीको लागि

प्र.ना.उ. रंजित सिंह राठौर

प्रवक्ता,जिल्ला प्रहरी कार्यालय बारा,कलैया

सम्पर्क नं.९८५५०४५७६६

Published : Friday, 2019 September 6, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया