संसारकै सबैभन्दा धेरै कमाउने गायिका

लसएञ्जलस । हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायिका बनेकी छिन् । फोब्र्सले जारी गरेको धेरै कमाइ गर्ने गायक गायिकाहरूको सूचीमा टेलर सबैभन्दा बढी कमाई गर्ने गायिकामा परेकी हुन् ।

फोब्र्सका अनुसार सबैभन्दा धेरै कमाई गर्ने टेलरको सालाखाला आम्दानी १८५ मिलियन डलर रहेको छ । उनको एक दिनको कमाई ५.६ लाख डलर रहेको छ । उनीपछि दोस्रो नम्बरमा सबैभन्दा धेरै कमाई गर्नेमा बियोन्से र तेस्रोमा रिहाना रहेकी छिन् ।

फोर्ब्सले अघिल्लो महिना संसारमै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची जारी गरेको छ । त्यसमा पनि टेलर स्विफ्ट यसमा पहिलो नम्बरमा थिइन् ।

यस सूचीमा दुई जना मात्रै महिला समावेश भएका थिए । जसमा टेलर स्विफ्टभन्दा पछाडि अमेरिकी रियालिटी स्टार तथा मोडेल काइली जेनर थिइन् ।

टेलरसँग ६०० करोडभन्दा बढी अचल सम्पत्ति रहेको छ । उनीसँग चार वटा अलग–अलग राज्यमा ८ भन्दा बढी महल रहेका छन् । टेलरले आफ्नो कमाइको ठूलो हिस्सा रियल एस्टेटमा लगानी रहेको छ ।

Published : Thursday, 2019 September 5, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया